|
फाइल तस्वीर

जनकपुरधाम : धनुषा जिल्लामा ३३१ जनामा हात्तीपाइले रोग देखापरेको छ। जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका विरामी रहेका छन्।

सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा २०२, धनौजी गाउँपालिकामा ९, शहीद नगरपालिकामा ११६, मुखियापट्टी गाउँपालिकामा १४, मिथिला विहारी नगरपालिकामा ३६, लक्ष्मीनिया गाउँपालिकामा ३९, नगराइन नगरपालिकामा १९५, कमला नगरपालिकामा ३४, हंसपुर  नगरपालिकामा १०९, विदेह नगरपालिकामा ५३, जनकनन्दनी गाउँपालिकामा ६९ तथा औरही गाउँपालिकामा ५५ जनामा हात्तीपाइले रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवजी दासले जानकारी दिए।

हात्तीपाइले रोगको रोकथाम तथा जनचेतना फैलाउने विषयमा उक्त कार्यालयले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकृत दासले हात्तीपाइले रोगका विरामीको सङ्ख्या बढदै गएको बताए। 

मधेश प्रदेशका ४ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान शुरु हुने भएको छ। उक्त अभियानअन्तर्गत धनुषामा पनि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराइनेछ।

अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत दासले धनुषामा यही वैशाख १६ गतेदखि ३० गतेसम्म  हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए। 

अभियानअन्तर्गत धनुषामा ८ लाख ६४ हजारलाई औषधि खुवाउने लक्ष्य छ। सो कार्यालयले गत आर्थिक वर्षमा पनि औषधि खुवाउने अभियान शुरु गरेको थियो। 

ग्रामीण जनसङ्ख्याको तुलनामा शहरी क्षेत्रमा औषधि नखाने दर ३६ प्रतिशतले कम देखिएको उनले भने। हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका विरामीले सेवन गर्न नहुने अधिकृत दासले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.