काठमाडौँ। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम–२ को उपचुनावको मतगणनामा पहिलो पटक अग्रता लिएका छन्।
फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन्। यसअघिको मत परिणाममा पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का अहिले भने पछि परेका छन्। उनले दुई हजार १९७ मत पाएका छन्।
त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।