|

बझाङ : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार नै अगाडि रहेका छन्। 

पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले ३७४८ मत ल्याएका छन्। 

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ३१८२ र माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले २००६ मत प्राप्त गरेका छन् । एमाले र कांग्रेसको मतान्तर ५६६ रहेको छ। 

एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११४० मत पाएका छन्। शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना कडा सुरक्षाका बीच भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.