|

काठमाडौं :  पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वान लगातार तेस्रो पल्ट जित्ने निश्चित भएको छ। 

दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ ले पराजित भएपछि पीएसजीले जित्ने निश्चित भएको हो। 

पीएसजीले सन् २०१८ यता २०२१ लाई छाडेर सबै वर्ष लिगको उपाधि जितेको छ। पीएसजी लिग वानको उपाधि १२ पल्ट जित्ने एक मात्र टिमसमेत भएको छ।

लिग तालिकाको शीर्षमा पीएसजीलाई १२ अंकको अग्रता भएको छ। र, लिगमा तीन चरणका खेल मात्र बाँकी छँदा कसैले पनि उसलाई उछिन्न सक्ने छैन।

पीएसजीले हार्भेलाई हराएर शनिबार नै लिग जित्ने अवसर थियो। तर ३–३ को बराबरी खेलेपछि मोनाकाको खेलको नतिजा कुर्नु परेको हो। 

पछिल्लो ११ वर्षमा पीएसजीले फ्रान्सेली माथिल्लो डिभिजनको उपाधि जितेको यो दसौँ पटक हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.