|

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोल र एलपि ग्यासको मूल्य यथावत राखेको छ भने हवाइ इन्धनको मूल्य  बढाएको छ।  

भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको छ। अब पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पर्ने छ।

यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पर्छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ प्रति किलोलिटर ७ डलर वृद्धि गरिएको निगमले सूचना जारी गरी जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.