|

काठमाडौँ : काठमाडौँ महानगरपालिका २८ पुतली सडकमा बा २१ च ६४४८ नम्बरको पिकअप गाडी र बा प्र ०२-०२७ प ८२८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  

उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका १२ बस्ने २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.