|

काठमाडौं : सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको रोमाञ्चक जित निकालेको छ। अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो। 

२०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए। अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो।

अन्तिम ओभर बलिङ गर्न भुवनेश्वर कुमार आएका थिए। उनको पहिलो बलमा रविचन्द्रण आश्विनले १ रन लिए । दोस्रो बलमा रोभमन पावेलले २ रन लिए भने तेस्रो बलमा उनले चौका प्रहार गरे।

चौथो बलमा पनि पावेलले २ रन लिए। हैदराबादका लागि रनआउटको अवसर भएपनि पावेक २ रन लिन सफल रहे। अन्तिम बलमा २ रन चाहिएकोमा पावेललाई कुमारले एलबिडब्लुमा फसाएपछि हैदराबाद १ रनले विजयी भयो।

राजस्थानका रियान परागले ४९ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रन बनाए। यस्तै यशस्वी जैसवालले ४० बलमा ६७ रन जोडे। जोस बटलर र सञ्जु स्यामसन दुवै शून्यमा आउट भएपछि जैसवाल र परागले इनिङ सम्हालेका थिए। यस्तै अन्तिम बलमा आउट भएका पावेलले १५ बलमा २७ रन बनाए।

हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र नटराजनले २(२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो । सुस्त सुरुवात गरेको हैदराबादको इनिङ नितिश रेड्डी र हेन्रीक क्लासेनले उकासेका थिए।

रेड्डीले ४२ बलमा ३ चौका ८ छक्का प्रहार गर्दै ७६ रन जोडे । क्लासेनले १९ बलमा ३ चौका र ३ छक्का सहित ४२ रन बनाए। ट्राभिस हेडले ४४ बलमा ५८ रन जोडेका थिए।

राजस्थानका आभेश खानले २ विकेट तथा सन्दिप शर्माले १ विकेट लिए।

जित पछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ। राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ।

आईपीएलमा आज मुम्बई इंडियन्स र कोलकता नाईट राइडर्स भिड्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.