|

काठमाडौं : ट्राफिक प्रहरीमाथि गुनासो बढ्दै गएपछि प्रहरी महानिरिक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले मंगलबार महानगरिय ट्राफिक प्रहरी महाशाखामा छड्के अनुगमन गरेका छन्। महाशाखालाई जानकारी नदिई दिउँसो रामशाहपथ पुगेका आइजीपी अर्यालले सिधै सेवाग्राहीका गुनासो सुनेका थिए।

सेवाग्राहीहरुले आइजीपी अर्यालसँग ट्राफिक प्रहरीले चोक चोकमा लुकेर चिट काट्ने गरेको, अनावश्यक दुख दिने गरेको, लाइसेन्स लिन घण्टौँ लाइन बस्नु परेको गुनासो गरेका थिए। सेवाग्राहीको गुनासो सुनेपछि आइजीपी अर्यालले ट्राफिक प्रहरीलाई बानीमा सुधार गर्न निर्देशन दिएका थिए। 

उनले ट्राफिक प्रहरीले उपत्यकाको सवारी आवागमनलाई चुस्तदुरुस्त राख्नको लागि पनि सुझाव दिएका थिए। उनले भने ‘ट्राफिक व्यवस्थापनमा राम्रो काम गर्नुभएको छ तर व्यवहारमा गुनासो छ । ट्राफिक प्रहरीले आफ्नो बानी सुधारेर सेवाग्राहीलाई राम्रो सेवा दिनुस्।’

आइजीपी अर्यालले केहीदिन अघि केन्द्रीय अनुसन्धान ब्युरो र लागूऔषध नियन्त्रण ब्युरोमा पनि छड्के अनुगमन गरी काममा सुधार गर्नको लागि निर्देशन दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.