दैलेख : जिल्ला सदरमुकाम नारायण नगरपालिका–१ नयाँ बजारमा रहेका तीन वटा पसलमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।
मङ्गलवार दिउँसो एक अटो पार्ट्समा लागेको आगो अन्य दुई वटा पसलमा सल्किँदा एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए।
साजन अटो पार्ट्समा लागेको आगो निभाउने प्रयास गर्दागर्दै सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पनि आगो सल्किएको थियो। आगलागीबाट अटो पार्ट्समा भएका सबै सामग्री जलेर नष्ट भएका छन्।
सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियो पनि आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा नारायण नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा ल्याइएको छ। अहिले ठाउँठाउँमा वर्षा भएरहेका बेला दैलेखमा भने ठूलो क्षति हुने गरी आगलागी भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।