सुर्खेत : डोल्पामा अवैध रूपमा यार्सागुम्बा संकलन गर्न पुगेका एकजनाको मृत्यु भएको छ।
जगदुल्ला गाउँपालिका–१ को कागमरा यार्सागुम्बा पाटनमा लुकिछिपी अवैध रूपमा यार्सागुम्बा संकलन गर्न जाने क्रममा रोल्पाको थवाङ गाउँपालिका–१ का २६ वर्षीय हिक्मत विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
यार्सा पाटन जाँदै गर्दा लेक लागेपछि बिमार परेका विकको उपचारका लागि काइगाउँ स्वास्थ्यचौकीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए।
मृतक विकको शव जुम्लामा पोस्ट मार्टम गराएर उनीसँगै आएका उनका साथी बादल विकमार्फत उनको परिवारलाई बुझाइएको छ। यो वर्ष डोल्पाका सम्पूर्ण यार्सापाटनहरू जेठको १० गतेदेखि खुल्दै छन्।
यसरी यार्सा संकलन गर्ने समयअघि नै लुकिछिपी यार्सा चोर्न डोल्पाका विभिन्न पाटनमा पुगेका छिमेकी जिल्ला र जिल्लाभित्रका ६३ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ समेत गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।