|

काठमाडौं :  ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा शुरु भएको छ। 

जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन वन तथा वातावरण मन्त्रालय चन्द्रागिरिमा दुईदिने संवाद आयोजना गरिएको हो । 

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गरे। संवादमा  २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन्। 

संवादको उद्देश्य संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) को ६० औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्नु रहेको मन्त्रालयले जनाएको छ। 

यो मार्गचित्रलाई आगामी जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६० औँ सत्रमा जोड्ने र त्यसपछि आगामी कोप-२९ का एजेण्डामा प्रवेश गराई संस्थागत गराउने योजना रहेको मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.