|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ। बैठकका लागि पार्टीका शीर्ष तहका सहित विभिन्न नेताहरू पार्टी कार्यालय आउने क्रम जारी छ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसदका दुवै सदनमा वेल घेराउ गरी नारबाजी गर्दै आएको छ। संसदीय समिति गठनमा सहमति भइसके पनि त्यसको कार्यादेश टुंगिन सकेको छैन।

कांग्रेसले गृहमन्त्री लामिछानेको नाम नै उल्लेख गरी छानबिन गर्नुपर्ने अडान राखिरहेको छ भने सत्ता पक्षले समग्र सहकारीको समस्या समाधान गर्नुपर्ने भन्दै आएको छ। प्रतिपक्षीको वेल घेराउ र नारबाजीका बीच सरकारले संसदका कामकारबाही अघि बढाएपछि अब कसरी प्रस्तुत हुने भन्ने रणनीति कांग्रेसले आजको बैठकबाट तय गर्नेछ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.