|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए। उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए।

उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए। उनले महानगरपाकिला भित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए।

उनले भने, ‘महाबिहार बनाउँदा वडाध्यक्षहरुलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन कि भन्ने जस्तो लाग्दो रहेछ। म सधैँ भन्छु, एकै पटक सबै माग्नुस्। एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो। सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ। हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो। हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ। जीवनशैली पनि बढ्छ। सबैको इज्जत पनि बढ्छ। त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ।’

मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे। महानगरपालिकाले सम्पदा पुनःनिर्माणको लागि एकैपटक सबै बजेट मागदा दिँदैन की भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.