|

काठमाडौं : नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईंले ९ दिनदेखि उभिएर विभिन्न माग गर्दै आएका छन्। उनी माइतीघर मण्डला सडक पेटीमा जेठ २ गतेदेखि एक्लै उभिएर शान्तिपूर्ण विरोध गरेका थिए।

तर,हालसम्म सरकारले उनका मागहरूलाई बेवास्ता गर्दै आएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले जेठ ६ गते आन्दोलन स्थलमा गएर माग जायज भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको र छिटो नै वार्ताको लागि बोलाउने आश्वासन बाँडेकी थिइन्।

तर,शिक्षामन्त्री सुमनाको वार्तामा बोलाउने आश्वासन आश्वासनमै सीमित बनेको छ। हालसम्म वार्ताको लागि सरकारले केही पहल नगरेको चापागाईंले जानकारी दिए। तर,पनि उनी आन्दोलनबाट पछि नहट्ने उनको अडान छ।

‘शिक्षामन्त्रीज्यूले मलाई भेट्न आउँदा छिटो नै वार्तामा बोलाउँछौँ भन्नुभएको थियो,तर हालसम्म यसको लागि केही जानकारी आएको छैन,तर पनि माग पूरा नहुञ्जेल आन्दोलन रोक्दिनँ,म नढलेसम्म विद्यार्थी र शिक्षकहरूकाे लागि उभिन्छु,’उनले भने।

इसिडी शिक्षक शिक्षिकाको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार युगानुकूल बनाउनुपर्ने,दिवा खाजा प्रतिविद्यार्थी ५० रुपैयाँ पुर्‍याउनुपर्ने लगायत मागहरू राखेर ...जो विद्यार्थीका लागि सडकमा उभिरहेका छन् ।

उनका अनुसार आज दिउँसो ३ बजे ११ विद्यार्थी संंगठनहरूले यो आन्दोलनलाई ऐक्यबद्धता जनाउने कार्यक्रम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.