|

सुर्खेत : बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन्।

बिहीवार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमण गर्न आएका विद्यार्थी सवार रहेको ग १ ज ८२४९ नम्बरको बोलेरो  जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

घाइते हुनेमा ९ जना विद्यार्थी, २ जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

सशक्त घाइते चालक तथा जिपधनी लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जानकारी उनले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.