|

काठमाडौँ : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक जना इन्जिनियर घरमै मृत फेला परेका छन्। प्रहरी वृत्त थिमिका अनुसार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीवार विहान झुण्डिएको अवस्थामा भेटिएका ह्नु। 

उनलाई उपचारका लागि अस्पतालमा लगिएकामा ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिमिका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले जानकार दिए। 

उनको घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ। प्रहरी स्रोतका अनुसार, उनले छाडेको सुसाइड नोटमा आफ्नो मृत्युमा कसैको हात छैन, अरुलाई दोष लगाउनु पर्दैन भनेर उल्लेख भएको छ। पोखरेल अख्तियारले मुद्दा हाल्दा वन तथा वातावरण मन्त्रालयका उपसचिव थिए।

विशेष अदालतले जेठ दोसो साता सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित इन्जिनियर पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.