अदालतले दिएन मागअनुसारको म्याद

|

काठमाडौँ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ।

अब उनी ३ दिन प्रहरी हिरासतमै रहने भएका छन्। यसअघि बुधबार पनि उनलाई धनुषाा जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो। 

आज न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले भने ५ दिन मागेको थियो।

सिरोहिया पक्षका वकिलहरूले गैरकानुनी धरपकड गरेको र मुद्दा थुनामा राख्ने खालको नभएकाले छाड्न माग गरेका थिए। आज अदालतमा पेस हुनु अघि सरकारी वकिलको कार्यालयमा उनीसँग बयान लिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.