|

काठमाडौँ : तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तरगतको धेद्रे सुरुङमार्ग छिचोलिएको छ। मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन १ हजार ६५३ मिटर लम्बाइ रहेको धेद्रेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको  हो।

आज रक्षामन्त्र हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थितिमा सुरुङमार्ग छिचोलिएको घोषणा गरिएको थियो।

उक्त धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ। 

यसैगरी मिति यही जेठ ४ गते लेनडाँडा सुरुङमार्ग जोडी काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो।

सोही अवसरमा रक्षामन्त्रीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरुको अवलोकन गरेका निर्देशनालयले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.