|

काठमाडौं : सहकारी पीडित बचतकर्ताले शनिबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। शुक्रबार काठमाडौंको माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका उनीहरुले प्रदर्शन जारी राख्ने भएकाहुन्। 

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा आन्दोलन शुरु भएको हो।

काठमाडौंसहित चितवन, धरान, पोखरा, रुपन्देही र बारालगायतका स्थानमा पनि आन्दोलनका कार्यक्रम हुने अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.