|

भारतमा लोकसभा निर्वाचन अन्तर्गत शनिबार छैटौँ चरणको मतदान शुरु भएको छ। यो चरणमा ६ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो। 

दिल्लीका ७, उत्तर प्रदेशका १४, बिहारका ८, पश्चिम बंगालका ८, हरियाणाका १०, झारखण्डका ४, ओडिसाका ६ र जम्मू कश्मीरका १ सिटमा मतदान भइरहेको छ । अहिलेसम्म पाँच चरणमा ५४३ सिटमध्ये ४२८ सिटमा मतदान भइसकेको छ। 

यसअघि पाँचौँ चरणमा ६२.२ प्रतिशत मतदान भएको थियो । पाँच चरणमा २५ राज्य र केन्द्रशासित प्रदेशका ४२८ सिटमा मतदान भएको थियो । शनिबार छैटौँ चरणको मतदान सकिएपछि सातौं र अन्तिम चरणको मतदान असार १ गते हुनेछ । 

परिणाम असार ४ गते आउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.