|

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिनका लागि बन्न लागेको संसदीय समितिको क्षेत्राधिकार (टिओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। शनिबार ३ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टा ढिलागरी सुरु भएको हो। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं  गृहमन्त्री रवि लामिछाने संलग्नता रहेको दाबी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले टिओआरमै उनको नाम किटान गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्तारूढ दलहरू त्यसमा तयार छैनन्। यही विषय सत्ता र प्रतिपक्षी दलहरूबीच कुरा नमिल्दा कार्यदल बनेको एक हप्ता बितिसक्दा पनि टिओआर तयार हुन सकेको छैन। 

धेरैजसाे विषयमा कुरा सहमति भइसकेकाेले आज अन्तिम सहमति जुट्ने नेताहरूकाे दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.