|

लुम्बिनी : रुपन्देहीको तिलोत्तमा नगरपालिका—६ स्थित तिनाउ नदी उत्खननका क्रममा परेको दहमा डुबेर आज एकजनाको मृत्यु भएको छ। 

जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

साथीहरुसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। 

उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.