|

काठमाडौं : नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि विजयी भएको छ। जितससँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गर्‍यो। 

१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो। जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६/१६ रनमा आउट भए। 

नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक/एक विकेट लिए।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो। कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए। ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे। गुलशन झा १४ रनमा आउट भए।  सन्दीप जोरा र सोमपाल कामीले  १२/१२ रन बनाए।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

नेपाल पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपाल अव डालास जानेछ। नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.