|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउन सरकार गम्भीर रहेको बताएकी छिन्।

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने तर्क गरिन्।

‘शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा हो’ उनले भनिन्, ‘शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्‍याउनुपर्छ भन्नेमा हामी दृढ छौँ।’

शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्र भन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेर्नुपर्ने भन्दै उनले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिइन्।

सत्यनिरुपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उनले बताइन्। ‘यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ’, उनले भनिन्, ‘विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सहज हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.