|

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम विपक्षी दलले पनि ताली बजाउनुपर्ने खालको भएको बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउने उत्कृष्ट रहेको दाबी गरे।

उनले सरकारको नीति तथा कार्यक्रम विपक्षीले बेल घेरेर नारा लगाउनेभन्दा पनि छलफलमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको बताए। उनले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको बताए।

उनले नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दल सहमत रहेको उल्लेख गरे। उनले पछिल्लो समय सर्वसाधारणमा छाएको निराशा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको पनि बताए। उनले देश विकासका कार्यक्रमले गति दिने दाबी गरे।

उनले नीति तथा कार्यक्रमले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको उल्लेख गरे। उनले कार्यक्रमले देशको भौतिक र मानवीय विकासमा ध्यान दिएको पनि बताए।

पौडेलले भने, ‘पछिल्लो समय सर्वसाधारणमा छाएको निरासा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको छ। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको छ। यसले समृद्धि विकास भौतिक, मानवीय विकास,समृद्धिलाई केन्द्र भागमा राखेको छ। समाजवाद मुलुकको गन्तव्य हो भन्ने कुरा नीति तथा कार्यक्रमले थम्याएको छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.