|

काठमाडौं : दश वर्षमा विदेशमा १० हजार २ सय ३० जनाले ज्यान गुमाएका छन्।

सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार  आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १० हजारभन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाएका हुन्।

आर्थिक वर्ष २०७०/७१ सालमा ८७७ जनाले विदेशी भूमि ज्यान गुमाउँदा २०७८/७९ मा सबैभन्दा धेरै १३ सय ९५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको फागुन सम्म ६९४ जनाले ज्यान गुमाइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।  मृत्यु हुनेमा ९ हजार ९ सय ६५ पुरुष र २ सय ६५ महिला रहेका छन्। 

हेर्नुहोस् तथ्यांक  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.