|

धनकुटा : रारा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलका खेल शुरु हुँदैछ। सोमबार हुने पहिलो सेमिफाइनलको खेलमा डाँगिहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लब बीच हुने भएको छ। 

डाँगिहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीचको पहिलो सेमिफाइनल खेल सोमबार दिउँसो ३ बजेपछि राजारानी खेलमैदान हुनेछ। धनकुटाको डाँडाबजार युथ क्लबलाई ५-१ गोलले पराजित गर्दै डाँगिहाट सेमिफाइनलमा पुगेको हो। यस्तै भोजपुर फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै आयोजक रारा फुटबल क्लब अन्तिम चारमा पुगेको हो। 

मंगलबार हुने दोस्रो सेमिफाइनलमा विर्तामोड युनाइटेड क्लब झापा र सिराहाको सलहेश युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। रियल स्टार क्लब हेटौँडालाई शून्यविरुद्ध ४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो भने सुनसरीको गोल्डेन स्टारलाई १ विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सलहेश अन्तिम चारमा पुग्न सफल भएको हो। 

फाइनल खेल आगामी बुधबार हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट शुरु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.