|

धनकुटा :  प्रतिस्पर्धी निरेन तामाङलाई १ सय ७ मतले पछि पार्दै नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनबाट शिव आङ्ला अध्यक्षमा निर्वाचित भएका छन्। 

अध्यक्षमा आङ्लाले ३ सय १४ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी तामाङले २ सय ७मत ल्याए। निवर्तमान उपसचिव समेत रहेका आङ्ला र निवर्तमान सचिवालय सदस्य तामाङबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो। 

दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए। जहाँ अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा आङ्लाको प्यानल नै निर्वाचित भएको छ। उपाध्यक्षमा २ सय ९४ मतका साथ चिन्तन तामाङ विजयी भएका छन्। उनका प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत ल्याएका छन्। 

सचिवमा २ सय ९६ मतका साथ पर्शुराम नेपाल विजयी भए भने उनका प्रतिस्पर्धी शेरबहादुर लिम्बूले १ सय ९६ मत पाएका छन्। उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी डा. गोपाल भट्टराईले १ सय ८७ मत ल्याएका छन्। 

महिला उपसचिवमा तुलसी राईले २ सय ६५ मतका साथ विजयी भएकी छिन् भने प्रतिस्पर्धी मनकुमारी तितुङ (तारा) ले २ सय २६ मत ल्याएकी छन्।
नेकपा एमाले धनकुटाको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो। जसमा उपसचिबमा उमेद्वारी दिएका केशरमान तुम्साले उमेद्वारी फिर्ता लिएका थिए।

लेखा समितिका ७ जना सहित ६१ जना सदस्य सर्वसम्बत चयन भएका थिए। पदाधिकारी र ३० जना सदस्यको लागि मतदान भएको हो। ३० सदस्यको लागि ५७ जनाको उमेद्वारी परेको थियो।जेठ १२ गते शनिबारबाट सुरु भएको नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका ७ बजेबाट ११ बजेसम्ममतदान भएको थियो। एमाले धनकुटाको अधिवेशनमा ५ सय ४४ जना मतदाता रहेकोमा ५ सय ३७ मत खसेको थियो।​

अधिवेशनबाटजिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपांग, मजदुर, पेशागत, दलित तथा अल्पसंख्यक गरि १० प्रतिशत अनिवार्य सहभागी भएको एमाले धनकुटाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.