|

चितवन :  निजी विद्यालय स्मल हेभन स्कुलको बस आगजनी गरेर जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बसमा आगजनी गरेको आरोपमा प्रहरीले विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो।  वैशाख ३० गते बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी चौधरीले पेट्रोल बम प्रहार गरेको प्रहरीले आरोप लगाएको छ।

भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यावस्थापन समिति (विव्यास) अध्यक्षसमेत रहेका चौधरीलाई जेठ ११ गते शोसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

कमरेड महेश र कमरेड महावीर उपनाम भएका विश्वनाथको समूहले २०८० माघ २८ गते भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताए। 

चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको उनेको भनाइ छ। 

राष्ट्रिय मावि शोसीले विश्वनाथ चौधरी पक्राउ परेको दिन विज्ञप्ति निकालेर विद्यालय हाताभित्र प्रवेश गरी हतियारधारी प्रहरीले चौधरीलाई पक्राउ गर्दा विद्यार्थीमा त्रास सिर्जना भएको बताएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.