|

चक्रवात रेमालले बंगलादेशी र भारतीय तटलाई प्रहार गरेको बंगलादेश मौसम विभाग (बिएमडी) का एक वरिष्ठ अधिकारीले बताएका छन्। दक्षिणी बंगलादेश र भारतको पश्चिम बङ्गालको तटीय क्षेत्रमा आइतबार बेलुका ८ बजे शक्तिशाली आँधी आएको थियो।

स्थानीय समयअनुसार, बीएमडीको चक्रवात चेतावनी केन्द्रका उपनिर्देशक मोहम्मद शमीम अहसानले हालसम्म कुनै मानवीय क्षतिको खबर नआएको बताए। चक्रवातको केन्द्र थप उत्तरतर्फ सरेर बंगलादेशको तटलाई पूर्णरूपमा पार गर्ने अपेक्षा गरिएको छ। चक्रवात सोमबार मध्यरातदेखि कमजोर हुने अनुमान गरिएको छ।

आँधीको प्रभाव केही तल्लो क्षेत्रहरू र तिनीहरूका अपतटीय टापुहरू सामान्य खगोलीय ज्वारभाटाभन्दा धेरै फिट उचाइको आँधीले डुबानमा पर्ने सम्भावना छ । बंगलादेशले आइतबार आफ्नो तटवर्ती क्षेत्रबाट करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.