|
फाइल

काठमाडौं : भूकम्पले विद्यालयहरू भत्काएको ९ वर्ष बितिसक्दा पनि अझै सबै विद्यालयहरूको पुनर्निर्माण हुन सकेको छैन। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/०८१ मा अझै ४० वटा विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको देखाएको छ।

आर्थिक सर्वेक्षण अनुसार २०७२ को भूकम्पबाट प्रभावित ३१ जिल्लाका ७,५३७ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने ४० विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन्। 

त्यस्तै,तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कपिलवस्तु जिल्ला साक्षर घोषणा भएको छ। यो समेत गरी २०८० फागुनसम्म साक्षर घोषणा भएका जिल्लाको सङ्ख्या ६४ पुगेको छ। हालसम्म कोशी, गण्डकी र बागमती साक्षर प्रदेश घोषणा भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.