|

काठमाडौं : देशभर सञ्चालित २७ हजार ९ सय ९० सामुदायिक विद्यालयमध्ये ५८.१ प्रतिशत विद्यालयमा सूचना तथा सञ्चार प्रविधिका उपकरण तथा पूर्वाधार विस्तार भएको छ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ मा उक्त प्रतिशत विद्यालयमा प्रविधिको विस्तार भएको देखाइएको छ।

आर्थिक सर्वेक्षण अनुसार गत शैक्षिक सत्रमा सूचना प्रविधि प्रयोगशाला भएका विद्यालय २५.१ प्रतिशत रहेका थिए। त्यसैगरी, वैकल्पिक स्रोत समेत विद्युत सेवा पुगेका विद्यालय ६९.६ प्रतिशत र ब्रोडब्यान्ड इन्टरनेट जडान भएका विद्यालय ४३.१ प्रतिशत पुगेका छन्।

त्यस्तै, शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीमध्ये ११ लाख ४३ हजार ६ सय ३१ विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका आर्थिक सर्वेक्षणमा उल्लेख छ।

चालु आर्थिक वर्षको फागुनसम्म छात्रवृत्तिबापत २ अर्ब ३६ करोड ७५ लाख ३९ हजार उपलब्ध गराइएको छ। जसबाट विद्यालयमा लक्षित वर्गको टिकाउ दर बढाउन सहयोग पुगेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.