|

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले दुई महिना भन्दा बढी समयदेखि शिक्षामन्त्रीले निर्देशिका स्वीकृत नगर्दा रोकियो शिक्षककाे जिल्लान्तर सरुवा  फुकुवा गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै सरुवा फुकुवा भएको सबै स्थानीय तह,शिक्षा विकास तथा समन्वय एकाइ, र सामुदायिक विद्यालयलाई जानकारी दिएको हो।

मन्त्रिस्तरको जेठ १३ को निर्णयबाट शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ स्वीकृत भई मन्त्रालयको वेबसाइटमार्फत् सार्वजनिक भइसकेको छ। 

‘शिक्षक सरुवा सम्बन्धमा उल्लिखित निर्देशिका बमोजिम गर्ने गराउने गरी मिति २०८०/१२/०५ को मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्लान्तर सरुवासमेत फुकुवा भएको व्यहोरा मन्त्रालयको मिति २०८१/०२/१४ को निर्णय अनुसार अनुरोध छ,’सूचनामा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.