|

  • सुनिता बराल-

महोत्तरी  : २ असोजमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत बुधबार भएको मनोनयन दर्तामा महोत्तरीबाट ४ हजार ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। महोत्तरीका १५ स्थानीय तहमा ७ सय २० पदका लागि उक्त उम्मेदवारी दर्ता भएको हो। नगरपालिका र गाउँपालिको प्रमुख पदका लागि मात्रै २ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले जानकारी दिए। त्यस्तै, उपप्रमुख र उपाध्यक्ष पदका लागि १ सय ४१ जनाले उम्मेदवारी दिएका छन्।

 बर्दिवास नगरपालिकामा प्रमुख पदका लागि १४ र उपप्रमुखमा ९, लोहारपट्टी नपामा ११ प्रमुख र ५ उपप्रमुख, औरही नपामा ११ प्रमुख र ९ उपप्रमुख, पिपरा गाउँपालिकामा १२ प्रमुख १२ उपप्रमुख, जलेश्वर नपापा १७ प्रमुख र १२ उपप्रमुख, एकडारा गाउँपालिकामा १४ प्रमुख र ११ उपप्रमुख पदमा उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै, भंगहा नगरपालिकामा ११ प्रमुख र ९ उपप्रमुख, बल्वा नगरपालिकामा ११ प्रमुख र ८ उपप्रमुख, मटिहानी नपामा ११ प्रमुख र ६ उपप्रमुख, गौशाला नपामा २१ प्रमुख र १० उपप्रमुख, महोत्तरी गाउँपालिकामा १६ प्रमुख र ९ उपप्रमुख, सम्सी गाउँपालिकामा १६ प्रमुख र ९ उपप्रमुख, रामगोपालपुर नगरपालिकामा १७ प्रमुख र ११ उपप्रमुख, सोनमा  गाउँपालिकाबाट १३ प्रमुख र ११ उपप्रमुख र मनरा सिस्वा नगरपालिकाबाट १४ प्रमुख र १० उपप्रमुखको उम्मेदवारी परेको छ।

उम्मेदवारी परेकाहरुको कागजात चेकजाँच गर्ने काम जारी नै रहेको हुँदा सो तथ्यांकमध्ये केही उम्मेदवारको उम्मेदवारी बदर पनि हुन सक्ने मुख्य निवार्चन अधिकृत पोखरेलले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.