काठमाडौं : निर्वाचन अयोगले प्रदेश र प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरुसँग निवेदन माग गरेको छ। आयोगले शनिबार सार्वजनिक सूचना निकालेर आयोगमा दर्ता भएका राजनीतिक दलहरुलाई निवेदन दिन आग्रह गरेको हो।
प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमध्ये एउटामात्रै भाग लिने कि दुवैमा लिने भन्ने स्पष्ट खुलाएर निवेदन दिन आयोगले सूचित गरेको छ। प्रदेशसभामा पनि कुनै खास–खास प्रदेशमा मात्रै हो कि सबैमा भाग लिने हो त्यो पनि खुलाउनुपर्नेछ। निवेदनमा खुलाउनुपर्ने ढाँचासहितको सूचना सार्वजनिक गर्दै आयोगले निवेदन दिनका लागि भदौ २५ गतेदेखि २७ गतेसम्मको समय तोकेको छ।
तोकिएको म्यादभित्र निवेदन नदिने दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले स्पष्ट पारेको छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक दुई चरणमा आगामी मंसिर १० र २१ गते हुँदैछ।
हेर्नुस् निवेदन
तपाईंको ईमेल गोप्य राखिनेछ ।