रौतहट : आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलका नेताहरु रौतहट आउनेक्रम बाक्लिएको छ।
आइतबारमात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकलगायत नेताहरु रौतहट आइपुगेका छन्।
प्रचण्डले बिहानै गुजरा नगरपालिकाका विभिन्न टोल तथा चन्द्रपुर नगरपालिकाको गैडाटार पुगेर पार्टी उम्मेदवारका लागि भोट मागिसकेका छन्। नेता नेपाल गौर नगरपालिकाका विभिन्न टोलमा पुगेर भोट माग्न व्यस्त छन्। कांग्रेस नेता लेखक पनि चन्द्रपुर नगरपालिकालगातका विभिन्न टोलटोलमा पार्टी उम्मेदवारलाई भोट मागिरहेका छन्।
रौतहटमा १८ स्थानीय तह छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।