|

काठमाडौं : दशैं तिहार नजिकिएसँगै कलाकारहरुले चाडपर्व सम्बन्धी गीत बजारमा आएका छन्। यसै सन्दर्भमा गायक प्रेमप्रकाश वलीले दशैं गीत 'परदेशी मन' बजारमा ल्याएका छन्।

राजन श्रेष्ठको शब्द तथा बीबी अनुरागिको संगीत रहेको उक्त गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरिएको छ। रमेश संग्रौलाको छायांकन/निर्देशन रहेको भिडियोलाइ सुरेश राउतले सम्पादन गरेका छन्।

सृष्टि र गायक स्वयंले अभिनय गरेको भिडियोमा परदेशिएकाहरुको भावनामा आधारित गीतको शब्द अनुरुपको दृश्य समेटिएको छ। 'पल पल मुटु जलाई परदेशमा बाँचेको छु'बोलको गीतलाइ विन्द्यवासिनी म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको छ।

हेर्नुस भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.