मृतकको संख्या बढ्ने

|
Photos : AFP

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी २५० को मृत्यु भएको छ। ठूला भवन र स्कुल भत्केर मान्छे पुरिएकोले भूकम्पमा ज्यान गुमाउने संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन्।

मंगलबार भूकम्प गएको बेला हजारौं मेक्सिकन भूकम्पबाट कसरी बच्ने भन्ने रिहर्सलमा सहभागी भइरहेका थिए। उनीहरु ३२ वर्ष पहिले गएको विनाशक भूकम्पको सम्झनामा त्यस्तो रिहर्सल गरिरहेका थिए। ३२ वर्ष पहिले मेक्सिको सिटीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा हजारौंको मृत्यु भएको थियो।

मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले उद्धारका लागि सेनालाई लगाएको बताएका छन्। उनले रातमा पनि उद्धार र राहतको काम जारी रहने जानकारी दिएका छन्।

७.१ म्याग्‍निच्युड मापन गरिएको भूकम्पले हजारौं भवन भत्काएको र स्कुल भत्काएको बिबिसीले लेखेको छ। राष्ट्रपतिले एक स्कुल भत्किएको जसमा २० बालबालिकाको मृत्यु भएको र ३० बालबालिका भग्नावशेषमा पुरिइएको पनि जानकारी दिएका छन्।

मेक्सिकोमा यो महिनाको सुरुआतमा मात्रै ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा ९० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।

मंगलबार गएको भूकम्पको केन्द्रबिन्दु पुएब्दा राज्यको एन्टेसिगो सहरमा रहेको मापन गरिएको छ। जुन मेक्सिको सिटीभन्दा १२० किलोमिटर मात्रै टाढा पर्दछ। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ ५१ किलोमिटर मात्रै थियो। भूकम्प स्थानीय समयअनुसार १ बजेर १४ मिनेटमा गएको थियो।

राष्ट्रपतिले एनरिक पेना निएटोले आपतकालीन सेवा प्रभावित इलाकामा सहज रुपमा पुर्‍याउनका लागि भूकम्प पीडितहरुलाई सडक अवरुद्ध गरेर नबस्‍न आग्रह गरेका छन्। मेक्सिकोको राजधानीका कयौं इलाकामा फोन सेवा अवरुद्ध छ भने करिब ४० लाख मान्छे विद्युत् सेवाबाट वञ्चित छन्।

मेक्सिकोमा ८ रेक्टरको भूकम्प, सन् १९८५ यताकै शक्तिशाली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.