|

लहान : सिरहाको मिर्चैया नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका श्रवणकुमार यादव विजयी भएका छन्। उनी ४७३६ मतसहित नगरप्रमुख बनेका हुन्। 
कांग्रसकै जीवछीदेवी ४९३९ मतसहित उपप्रमुखमा विजयी भएकी छिन्।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ वडा रहेको मिर्चैयाको १, २, ३, ७, १० र ११ मा माओवादी केन्द्रले अध्यक्षमा जितेको छ। ६, ८, ९ र १२ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष बनेका छन्। राष्ट्रिय जनता पार्टीले वडा न‍‍ं. ४ र ५ मा अध्यक्ष जितेको छ। 

मिर्चैयासँगै सिरहामा माओवादी केन्द्रले चार स्थानीय तहमा जितेको छ। सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिका, अर्नमा र औरही गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ। नवराजपुर गाउँपालिका कांग्रेस, विष्णुपुर र भगवानपुर गाउँपालिका संघीय समाजवादी फोरम तथा नरहा गाउँपालिकामा एमाले विजयी भएको छ। 

१७ स्थानीय तह रहेको सिरहाका आठ स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा घोषणापछि बाँकी नौ तहको मतगणना चलिरहेको सिरहाका मृख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.