काठमाडौं : धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीको अग्रता फराकिलो बन्दै गएको छ। जनकपुर उपमहानगरपालिकामा राजपाका उम्मेदवारले झन्डै ७ हजारको अग्रता लिएका छन्।
जनकपुर उपमहानगरपालिका प्रमुखमा राजपाका उम्मेदवार लालकिशोर साहले १० हजार ६२ मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका प्रमुखका उम्मेदवारले पछ्याइरहेका छन्। कांग्रेसका मनोज साह राजपाका उम्मेदवार भन्दा ७ हजार मतले पछि परेका छन्। साहको ३ हजार २४१ मत छ।
त्यस्तै तेस्रोमा रहेको नेकपा एमालेले भने प्रमुखमा राजपाले १० हजार कटाउदा एक हजार पनि पुर्याउन सकेको छैन। एमालेबाट प्रमुखका उम्मेदवार लक्ष्मीनारायण भगतको ९ सय ५४ मत छ।
त्यस्तै उपप्रमुखमा पनि राजपाका उम्मेदवारले नै अग्रता कायम गरेका छन्। उपप्रमुखमा राजपाको ६ हजार १८७ मत छ भने दोस्रोमा रहेको कांग्रेको २ हजार ९१० मत छ। एमालेको उपप्रमुखमा एक हजार मत पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।