|

सर्लाही : जिल्लाका २० मध्ये शनिबार बिहानसम्म १२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये अहिलेसम्म ४ नगरपालिका र ८ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कांग्रेसले रामनगर गाउँपालिका,  बसबरिया गाउँपालिका,  हरिपूर्वा नगरपालिका, र धनकौल गाउँपालिकामा जितेकाे छ। यस्तै राजपाले कोडेना गाउँपालिका, ब्रम्हापुरी गाउँपालिका, र बलरा नगरपालिकाका अध्यक्ष\प्रमुखमा जितेको छ।

यस्तै  माअाेवादी केन्द्रले बागमती नगरपालिका र चक्रघट्टा नगरपालिकाकाे प्रमुखमा जित हात पारेको छ। संघीय समाजवादीले पर्सा गाउँपालिकामा जितेको छ। नेपाल लोकतान्त्रिक फोरमले  विष्णु गाउँपालिकामा जित हात पारेको छ। यस्तै लालबन्दी नगरपालिकामा एमालेले जितेको छ।

चन्द्रनगर गाउँपालिका सहित हरिवन, ईश्वरपुर, बरहथवा, हरिपुर, कविलासी, मलंगवा, र गोडैता नगरपालिकाको नतिजा आउन बाँकी छ। यीमध्ये हरिवन, ईश्वरपुर र हरिपुरमा एमाले, बरहथवामा माओवादी केन्द्र, चन्द्रनगर र गोडैतामा राजपा नेपाल र मलंगवा नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.