१ हजार ९ वडाको मतपरिणाम सार्वजनिक

|

काठमाडौं : प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्यै एक सय स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। त्यस्तै एक हजार वडाको पनि मतपरिणाम आइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ मा ८ जिल्ला रहेका छन्। १३६ स्थानीय तह रहेको दुई नम्बर प्रदेशमा १ हजार २७१ वडा रहेका छन्।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले शनिबार बिहान जारी गरेको विवरण अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेस ३२, नेकपा (एमाले) ११, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय जनता पार्टी नेपाल १५, संघीय समाजवादी फोरम नेपाल १९, नेपाल लोकतान्त्रिक फोरम तीन, नयाँ शक्ति पार्टी नेपाल एक र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन्।

यसैगरी, अहिलेसम्म एक हजार नौ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।

मतगणना बाँकी रहेका ३६ स्थानीय तहमध्ये एक दुई तहमा सामान्य विवादले मतगणनामा केही समय ढिलाइ भइरहेको बाहेक सबै तहमा शान्तिपूर्ण वातावरणमा मतगणना भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.