|

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ। निरन्तर ओरालो लागिरहेको सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोला १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५५ हजार ३ सय रपैयाँमा कारोबार भइरहेको छ। गएको शूक्रबार छापावाल सुनको मूल्य ५४ हजार ३ सय प्रतितोला रहेको थियो। यस्तै, तेजावी सुन पनि प्रतितोला १ हजारले बढेर ५४ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १० रूपैयाँले बढेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.