|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ निर्वाचन क्षेत्र रहेको मोरङमा सबैभन्दा बढी मतदाता छन्। निर्वाचन क्षेत्रका हिसाबले १० वटा क्षेत्र रहेको काठमाडौँभन्दा मोरङमा ४१ हजार ३११ मतदाता बढी छन्। सबैभन्दा कम मतदाता मनाङमा छन्।

यसपटक निर्वाचन आयोगले मताधिकार प्राप्त एक करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली तयार पारिसकेको छ। निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार मोरङमा ६ लाख ४४ हजार ७८३ मतदाता छन्। मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन्। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा ६ लाख तीन हजार ४७२ मतदाता छन्।

काठमाडौंमा दस निर्वाचन क्षेत्र छन्। तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३३९ मतादाता छन्। दुई लाख ३३ हजार ५०५ मतादाता रहेको धादिङमा दुई निर्वाचन क्षेत्र छन्। भक्तपुरमा एक लाख ७८ हजार ९९ मतदाता छन्।

झापामा चार लाख पाँच हजार २३६ मतदाता छन्। सुनसरीमा चार लाख ७४ हजार ३०८ मतदाता छन्। झापामा पाँच र सुनसरीमा चार निर्वाचन क्षेत्र छन्। तीन लाख ५४ हजार ४० मतदाता रहेको चितवनमा तीन निर्वाचन क्षेत्र छन्। पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच लाख २२ हजार ६०२ मतदाता छन्।

प्रदेश २ का सबै जिल्लामा चार/चारवटा निर्वाचन क्षेत्र छन्। जहाँ धनुषामा सबैभन्दा बढी मतदाता छन्। धनुषामा चार लाख चार हजार ६७४ मतदाता छन्। आठ जिल्लामध्ये सबैभन्दा कम मतदाता पर्सामा दुई लाख ८९ हजार ५४ छन्।

सबैभन्दा कम मतदाता मनाङमा छन्। मनाङमा पाँच हजार ८८१ मतदाता छन्। मुस्ताङमा नौ हजार ४२७ मतदाता छन्। मनाङ र मुस्ताङ दुवैमा प्रतिनिधिसभामा एक/एक र प्रदेशसभामा दुई/दुई क्षेत्र छन्। रुकुम पूर्वमा २७ हजार ९२८ मतादात छन्। एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ मतदाता छन्। हुम्ला, जुम्ला, मुगु, जाजरकोट, कालीकोट लगायतका जिल्लामा मतदाता एक लाखभन्दा कम छन्। सबै जिल्लामा एक/एक 
निर्वाचन क्षेत्र छन्।  

प्रदेश ७ का तीन जिल्ला बाजुरा, डडेलधुरा र दार्चुलामा मतदाता एक लाखभन्दा कम छन्। बाजुरामा ६९ हजार ८३४, डडेलधुरामा एक हजार ३७५ र दार्चुलामा सात हजार ५१३ मतदाता छन्।

सबैभन्दा बढी मतदाता प्रदेश ३ मा

प्रदेशअनुसार सबैभन्दा बढी मतदाता प्रदेश ३ मा छन्। प्रदेश ३ मा ३० लाख ७४ हजार ३८४ मतदाता छन् र सबैभन्दा कम मतदाता प्रदेश ६ मा छन्। प्रदेश ६ मा आठ लाख ४६ हजार ९४१ मतदाता छन्। प्रदेश १ मा २९ लाख ९३ हजार ७७४ मतदाता छन्। प्रदेश २ मा २७ लाख ६७ हजार ३७५ मतदाता छन्। प्रदेश २ मा प्रतिनिधिसभामा ३२ निर्वाचन क्षेत्र छन्।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार प्रदेश ४ मा १५ लाख ६८ हजार ९२४ मतदाता छन्। प्रदेश ५ मा २७ लाख ४० हजार ८६४ मतदाता छन्। प्रदेश ७ मा १४ लाख ३५ हजार ६७३ मतदाता छन्।

तेस्रोलिङ्गी मतदाता १६७

आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको मतदाताको अद्यावधिक विवरणअनुसार तेस्रोलिङ्गी मतदाता १६७ जना छन्। कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६२७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १४१ छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.