|

काठमाडौं : विगत केही सातायता ओभर दी टप (ओटिटी) सेवमार्फत कल तथा म्यासेज गरेर लाखौंको चिठ्ठा परेको भन्दै बैंक तथा वित्तीय संस्थाको खाता नंम्बर माग हुन थालेपछि प्रयोगकर्ता अलमलमा परेका छन्।

खासगरी भाइबर, ह्वाट्सएपजस्ता म्यासेनजिङ तथा भ्वाइस एप्समार्फत विदेशका नम्बर प्रयोग गरी चिठ्ठा परेकाले त्यसलाई प्राप्त गर्न खातामा रकम जम्मा गरिदिन अपरिचित नम्बरबाट प्रयोगकर्तालाई आग्रह गर्ने प्रयोगकर्ताको भनाई छ। कतिपय अवस्थामा उपहार पठाएको भन्दै खाता नम्बर उपल्बध गराउनसमेत दबाबा दिने उनीहरुको भनाइ छ।

बैंक खाताबाट पैसा प्राप्त गर्ने नियतसहित चिठ्ठाको लोभ देखाउने प्रवृत्ति पछिल्लो समयाम बढ्दो छ।  भाइबर तथा ह्वाट्सएपजस्ता म्यासेनजिङ तथा भ्वाइस एप्समार्फत प्राप्त हुने त्यस्ता कलमा हिन्दी उर्दू लगायतका भाषा प्रयोग गरी चिठ्ठाको प्रलोभनमा पार्ने गरेको पाइएको छ।

००९२ तथा ००९३ जस्ता कोडको प्रयोग गरी विदेशबाट बैंक खाता नम्बर माग हुने गरेको छ। यसबाहेक ८८८८८८८८८८, १२३४५६ जस्ता अपरिचित नम्बरबाट कल गरेर धम्की दिने तथा फिरौती माग गरेको जस्ता गुनासो पनि प्रयोगकर्ताको रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.