१४१ मतदानस्तथल संवेदनशील

|

काठमाडौं: प्रदेश र प्रतिनिधिसभाको २१ मंसिरमा हुने निर्वाचनमा सुरक्षाको दृष्टिकोणले काठमाडौंमा १४१ मतदान स्थलमा निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशील सूचीमा राखेको छ।

काठमाडौंका ३२० मतदानस्थल मध्ये संवेदनशील मानीएका १४१  मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएको छ। अरु मतदान स्थल भन्दा संवेदनशील मानिएका मतदान स्थलमा सुरक्षा कर्मीको परिचालन संख्यातकम हिसावमा बढी हुनेछ' एक अधिकारीले भने। नेपाल प्रहरी, शसस्त्र प्रही, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन आयोग लगायतका सरोकारवालासंग समन्वयन गरेर सुरक्षा व्यवस्था शसक्त बनाउने पहल भएको उनले बताए।

काठमाडौंमा सबै भन्दा बढी सुरक्षा चुनौती गोकर्णेश्‍वर, कागेश्‍वरी र तार्केश्‍वर नगरपालिका रहेको जिल्ला प्रशासन कार्यलयको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.