समाज

वीरगञ्जको सुपर ग्यास उद्योगमा भिषण आगलागी, *२ जनाको मृत्यु

आगो अझै नियन्त्रणबाहिर

पुस ५, २०७४

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा *२ जनाको मृत्यु भएको छ। उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाबाट गएको एउटा दमकल समेत जलेको छ।

    दमकल जल्दा कर्मचारी सविन नेपाल घाइते भएका छन्। ग्यास उद्योगको आगलागी फैलिने क्रममा नियन्त्रणबाहिर गएको छ। उद्योगमा भरेर राखेका सयौं ग्यास सिलिण्डर पड्किरहेकाले अग्नि नियन्त्रकहरु समेत नजिक जान सकेका छैनन् । 

    नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी अग्नि नियन्त्रकहरुले आगो लागेको स्थानभन्दा २–३ सय मिटर परै बाट निभाउने प्रयास गरे पनि स्थित अनियन्त्रित रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए। 

    ग्यासमा लागेको आगो नियन्त्रण गर्ने प्रविधि नेपालमा नरहेको र भारतको रक्सौलबाट प्रविधि सहितको टोली स्थानिय प्रसाशनले झिकाउने कार्य भइरहेको आगो नियन्त्रणका लागि खटिएका नेपाली सेनाको चण्डीप्रसाद गण वीरगञ्जका क्याप्टेन भोगेन्द्रकुमार घलेले बताए। 

    अागो नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका, कलैया, सिमरा,र हेटौंडा उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका ५ वटा दमकलले प्रयास गरिरहेको  एसपी रेग्मीले बताए। 

    ग्यास उद्योगआसपासका पाँच गाउँलाई 'हाई अलर्ट' मा राखिएको प्रहरीले जनाएको छ।  


    *सच्याइएको ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]