|

काठमाडौं  : नेपालको शान्ति प्रक्रियामा सहयोगका लागि विभिन्न दातृ निकायले दिएको ६४ करोड रुपैयाामध्ये केहीले आफूले दिएको अनुदान रकम फिर्ता मागेका छन्।आफूहरूले दिएको रकम समयमै खर्च नभएर फ्रिज भएको भन्दै केही दातृ निकायले अनुदान रकम फिर्ता गरिदिन सरकारसँग माग गरेका हुन्।

ती निकायले शान्तिकोषको सचिवालयमार्फत विभिन्न स्थानमा खर्च गर्न रकम उपलब्ध गराएका थिए। सचिवालयमार्फत सञ्चालित कार्यक्रमहरूको समय समाप्त भएपछि युरोपियन युनियनबाहेकका दाता नेपालबाट फिर्ता भइसकेका छन्। फिर्ता भइसकेका दातामध्ये जर्मनीबाहेकका मुलुक र निकायले अनुदानबापत दिइएको रकम फिर्ता मागेको शान्तिकोष सचिवालयले जनाएको छ।

जर्मनीले नेपाललाई दिएको १४ करोड ८४ लाख ३१२ हजार आठ सय ५३ रुपैयाँ भने फिर्ता नलिने घोषणा गरेको छ। सो रकम मन्त्रिपरिषदरको निर्णयमार्फत राज्यको सञ्चित कोषमा लग्ने तयारी भइरहेको छ। बाँकी रकम भने फिर्ता गर्ने प्रक्रिया सुरु भएको सचिवालयका वित्तीय व्यवस्थापन निर्देशक तोमनाथ उप्रतीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.