काठमाडौं : सर्जक तथा उद्यमी अस्मिता सुमार्गीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर दुई गीत सार्वजनिक गरेकी छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सुमार्गीले बुबाकाबारेमा लेखेका गीत उनका बुबा शरदकुमार अर्याल 'अकेला', व्यवसायी अजेयराज सुमार्गी र व्यवसायी प्रितम सिंहले संयुक्त रुपमा सार्वजनिक गरे।
'बाबा तिमी छौ र त अस्तित्व मेरो कायम छ…' बोलको गीतमा स्वर तथा संगीत विश्व नेपालीको छ।
बायाँबाट क्रमश शरदकुमार अर्याल 'अकेला', सर्जक अस्मिता सुमार्गी, व्यवसायी अजेयराज सुमार्गी र आमा विश्वकान्ती कलावती सुमार्गी।
'आज बुबाको मुख हेर्ने दिन बुबालाई केही नयाँ कुरा दिउँ भनेर उहाँकै सम्झनामा गीत लेखेकी हुँ', गीत सार्वजनिक कार्यक्रममा सुमार्गीले भनिन्, 'अर्को गीत आमालाई समर्पण गरेकी छु।' 'बाबा तिमी छौ र त अस्तित्व मेरो कायम छ…' बोलको गीतमा स्वर तथा संगीत विश्व नेपालीको छ।
गायक तथा संगीतकार विश्व नेपाली
आमाको बारेमा लेखिएको गीत सर्जक अस्मिताको सासु विश्वकान्ती कलावती सुमार्गी, माओवादी केन्द्रको प्रवक्त्ता पम्फा भुसाल र सांसद गीता वाग्लेले संयुक्तरुपमा सार्वजनिक गरे।
बायाँबाट क्रमश माओवादी केन्द्रको प्रवक्त्ता पम्फा भुसाल, विश्वकान्ती कलावती सुमार्गी र गीता वाग्ले
आमाको स्मृतिमा लेखिएको 'यस्तो पल जब तिम्रो कोखमा संस्कार पढाउँदै अघि बढायौ…' बोलको गीतमा स्वर संगीता प्रधानको छ भने संगीत विश्व नेपालीको छ।
गायिका संगीता प्रधान
सर्जक सुमार्गीले आफूले लेखेका गीतहरु समावेश गरेर गीति संग्रह ल्याउन लागेको जानकारी दिइन्। उनी थाहाखबर प्रालिको अध्यक्ष पनि हुन्।
सुन्नुस् 'बाबा तिमी छौ र त अस्तित्व मेरो कायम छ…'
सुन्नुस् 'यस्तो पल जब तिम्रो कोखमा संस्कार पढाउँदै अघि बढायौ…'
तपाईंको ईमेल गोप्य राखिनेछ ।