|

काठमाडौं : नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले सुक्ष्म रूपले अध्ययन गरिरहेको छ। भारतीय संस्थापन पक्षले खुला रूपमा नेपालको राजनीतिक घटनाक्रमबारे मुख नखोले पनि भारतीय सञ्चारमाध्यम र नेपाल मामालिाका जानकार भने आगामी दिनमा हुने नेपाल–भारत सम्बन्धलाई लिएर धारणा सार्वजनिक गरिरहेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे पूर्व भारतीय राजदूत राकेश सुदले आगामी दिन नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउँदै लग्नुपर्ने बताएका छन्। वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने लाइनमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतलाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

निर्णायक विजय हासिल गरे पनि ओलीको उत्तरी नाका भ्रमणलाई दिल्लीले अर्थपूर्ण रूपमा नियालेको उनले बताएका छन्। भारतको अंग्रेजी दैनिक पत्रिका द हिन्दूमा ‘नेपालमा निर्वाचनपछिको छलफल’ शीर्षकमा आफ्नो धारणा राख्दै सुदले विगतको तिक्तता भुल्दै नेपालले भारतसँग सम्बन्ध विस्तार गर्नुपर्ने बताएका छन्।

पूर्वराजदूत सुदले नेपाल चीनसँग नजिकिँदाको जोखिमबारे ओली बेखबर नरहेको भन्दै दिल्लीले पनि विश्वासको वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन्। ‘यसका लागि नेपालको चिन्तालाई सम्बोधन गर्नुपर्छ’, उनी अगाडि लेख्छन्, विनाशकारी भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माण र विकास परियोजना कार्यान्वयन गर्न शीघ्रता देखाउनुपछ।’ यसले नेपालमा भारतप्रतिको राम्रो सन्देश प्रवाह हुने उनको भनइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Yo Nepal ko aantrik Mamila ho bharatiya bistaar baadi le taauko dukhaunu jaruri chhina. Hamile chahe China ka sabai baataharu khola sakchhau.dhoti ko desha lai sodhanu parne jaruri chhina.